Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पाकिस्तानमा चिनियाँमाथि गोली प्रहार : एक जनाको मृत्यु, दुई घाइते

एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा गोली चलेको छ ।

सो चिकित्सालयमा अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

उनीहरूविरुद्ध लक्षित हमला भएको पाकिस्तानी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीहरू बिरामी भएको बहाना गर्दै कराँचीको सदर क्षेत्रमा रहेको क्लिनिकमा प्रवेश गरेका थिए। घाइते हुनेमा एक महिला पनि छन्।

पीडित सबै चिनियाँ नागरिक रहेका प्रहरीले पुष्टि गरेको छ। घाइते दुबै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको पेटमा गोली लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077