Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

समाजवादीका अध्यक्ष नेपालले भने - राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढ्यो,नेताहरुले विश्वास गुमाउँदैछन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेको बताएका छन् ।

बिहीबार पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले राजनीति र समाजमा चरम भ्रष्टाचारी प्रवृत्ति रहेकाले त्यसलाई हटाउन जरुरी रहेको बताए। अध्यक्ष नेपालले अवसर नपाउने बित्तिकै अन्तै हामफाल्ने प्रवृत्तिबाट होसियार हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘अहिले मान्छेमा मैले के पाएँ भन्ने प्रवृत्ति बढेको छ। आफूले पाएको छैन भने अनुहारै अँध्यारो। पाइहाल्यो भने छोइनसक्नु हुन्छन्।

आफूलाई ठुलो ठान्ने। एकपटक पाउँदा त्यो ठिक। अरूले एक पटक मात्रै पाउन थाल्यो भने त्यसलाई सकरात्मक रुपमा नलिने। राजनीतिमा यो रोग फैलिएको छ ।'

उनले नेपालको राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिस्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको बताए । उनले अहिलेको उद्देश्य नै समाजवाद ल्याउने उदेश्य भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077