Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले भन्यो - रुसमा बसोबास गर्दै आएका अमेरिकीहरू तत्कालै रुस छोड्नुस्

एजेन्सी । मस्कोस्थित अमेरिकी दूतावासले रुसमा बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई तत्काल रुस छोड्न आग्रह गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन युद्ध तीव्र पार्ने अभिव्यक्तिसँगै अमेरिकाले आफ्ना नागरिकलाई यस्तो आग्रह गरेको हो ।

'अमेरिकी नागरिकहरूले रुस भ्रमण गर्नु हुँदैन र सीमित व्यावसायिक भ्रमण विकल्प बाँकी रहेकाले तत्कालै रुसमा बसोबास गर्दै आएका अमेरिकीहरूले तत्कालै रुस छोड्नु बेस हुनेछ,' दूतावासले सुरक्षा सतर्कता जारी गर्दै भनेको छ ।

२१ सेप्टेम्बरमा पुटिनले युक्रेनमा रुसी फौजको आक्रमण बढाइने घोषणा गरेयता अमेरिकी दूतावासले यो कदम चलेको हो ।

त्यही समय पुटिनले आणविक हमलाको पनि संकेत दिनुका साथै मुलुकको जगेडा फौजको आंशिक परिचालन गर्ने घोषणा समेत गरेका थिए । पुटिनको यस घोषणापछि युद्धभूमिमा जानुपर्ने भयका कारण हजारौँ रुसी युवा मुलुक छाडेर भागिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077