Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेमा बन्दसूची हेरफेर गर्ने जिम्मा ओलीलाई, अन्तिम सूची १५ गते बुझाउने तयारी

काठमाडौं । नेकपा एमालेले समानुपातिक निर्वाचन तर्फको असोज ३ मा बुझाएको बन्दसूची हेरफेर गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

सो पार्टीले नेताहरुसँगको परामर्शपछि अन्तिम बन्दसूची असोज १५ गते बुझाउने भएको छ ।

यसअघि बुझाएको बन्दसूचीमा थपघट गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको एमालेले बिहीबारको बैठकमा प्रत्यक्ष तर्फका उम्मेदवारबारे प्रारम्भिक छलफल गरेको थियो ।

बिहीबार मध्यराति सम्पन्न एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले अन्तिम बन्दसूची १५ गते बुझाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077