Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवीन्द्र मिश्र काठमाडौँ १ बाटै चुनाव लड्ने, औपचारिक घोषणा आज

काठमाडौँ । राप्रपाका नेता रवीन्द्र मिश्र काठमाडौँ १ बाटै निर्वाचन लड्ने तयारीमा छन् । मिश्रले आज औपचारिक रूपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

मिश्रले औपचारिक रूपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय गरेका छन् ।

दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

अघिल्लो पटकको निर्वाचनमा मिश्र क्षेत्रनम्बर १ मै विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए। राप्रपामा समाहित भएकोले यसपटक भने मिश्र हलो चिह्नमा चुनाव लड्दैछन्।

विवेकशील साझा पार्टी छोडेपछि मिश्रसहितको समूह बुधबार मात्रै राप्रपामा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077