Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेडिकल काउन्सिलको चेतावनी - अनाधिकृत व्यक्तिले अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्नु

काठमाडौं । कानूनले तोकेको भन्दा बाहिरको व्यक्तिले अल्ट्रासाउण्ड सेवा प्रवाह नगर्न नेपाल मेडिकल काउन्सिलले चेतावनी दिएको छ ।

विभिन्न स्वास्थ्य संस्थामा अनाधिकृत व्यक्तिहरूले अल्ट्रासाउण्ड सेवा प्रवाह भइरहेको व्यापक गुनासो आइरहेको भन्दै काउन्सिलले त्यस्तो नगर्न भनेको हो ।

कानूनले तोकेको बाहेकका व्यक्तिले अल्ट्रासाउण्ड प्रवाह गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने प्रष्ट पारेको छ ।

कानुनअनुसार चिकित्साशास्त्रको कुनैपनि विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरी काउन्सिलबाट प्रमाणपत्र लिएको चिकित्सकले मात्र अल्ट्रासाउण्ड सेवा दिन पाउने व्यवस्था छ ।

यसका साथै जीवन बचाउने, हात गोडा बचाउने लगायतका आकस्मिक अवस्थाहरु बाहेक अल्ट्रासाउण्ड सेवा रेडियोलोजिष्ट आफै वा निजको प्रत्यक्ष निगरानीमा गर्नुपर्ने भन्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077