Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको टोली घोषणा

काठमाडौँ । एसियन कप छनोट खेल्ने १७ वर्षमुनिको राष्ट्रिय फुटबल टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १७ वर्षमुनिको टोली घोषणा गरेका हुन् । उनले एसियन कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरे ।

टोलीमा फरवार्डमा सुवास बम, श्रृजल राई तथा डिफेन्डरमा मदन पौडेल, युनिस मगर, दीपक थापा मगर, निशान्त तामाङ, सिमान्त थापा, अश्विन घोडाशैनी, धिरज विश्वकर्मा, राम थापा रहेका छन् ।

त्यस्तै मिडफिल्डरमा हरिश राज भट्ट, प्रशान्त लक्षम, विनोश केसी, श्रृयाङ्स मानन्धर, निरज कार्की, सरोज दर्लामी, युनिश बुढाथोकी, लक्षु थापा, धनसिंह बिके तथा गोलकिपरमा समिर चन्द, रुविन भोगटी, कृशल मोक्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077