Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रकाशमानलाई रवीन्द्र मिश्रको प्रश्न - १५ वर्ष सांसद बनेर के गर्नुभयो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहले १५ वर्षसम्म केही काम नगरेको आरोप लगाएका छन् ।

काठमाडौं १ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले यस्तो बताएका हुन् ।

मिश्रले काठमाडौं १ बाट चुनाव जित्दै आएका कांग्रेस नेता प्रकाशमानले १५ वर्षसम्म केही काम नगरेको बताए ।

उनले भने, ‘संसद् भवन काठमाडौं १ मा पर्छ । एकजना व्यक्ति १५ वर्षदेखि यहाँबाट सांसद बन्नुभएको छ ।

उहाँलाई सोध्नुस् १५ वर्षमा कति दिन संसद् चल्यो ? कति दिन उपस्थित हुनुभयो । १५ वर्षमा के गर्नुभयो?’

बस्न योग्य नभएको काठमाडौंलाई व्यवस्थित बनाउने आफ्नो योजना रहेको मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077