Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सत्तामा बसेकाहरुले प्रजातन्त्रको खोल ओडेर प्रजातन्त्रलाई मास्ने काम गरे : प्रकाशचन्द्र लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले संविधानको उलंघन सत्तामा बसेका दलहरुले गरेको बताएका छन् ।

शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै लोहनीले यस्तो बताएका हुन् ।

लोहनीले प्रजातन्त्रको खोल ओडेर प्रजातन्त्रलाई मास्ने काम सत्तारुढ दलबाट भइरहेको जिकिर गरे ।

लोहनीले भने, ‘सत्तामा बसेका पश्चगमनकारी हुन् । संविधानको निरन्तर उलंघन हुनु प्रजातन्त्र हो ? प्रजातन्त्रको खोल ओडेर प्रजातन्त्रलाई मास्ने काम भइरहेको छ। भागबण्डा गर्नु नै अग्रगमन हो, खुलेआम पदहरु बेच्ने काम भएको छ । ’

लोहनीले भ्रष्टाचार, बेतिथि र अराजक प्रवृत्तिलाई राप्रपाले विरोध गर्ने बताए । लोहनीले नेपालीहरुलाई जोड्ने शक्तिमा रुपमा राजसंस्थाले काम गर्न सक्ने पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077