Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजपाका तत्कालीन महासचिव यादव र लोसपा केन्द्रीय सदस्य झा एमाले प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यसमिति सदस्य सुनिल झा रोहित तथा तत्कालीन राजपाका महासचिव इन्जिनियर देवेन्न्द्र कुमार यादव नेकपा(एमाले)मा प्रवेश गरेका छन् ।

उनीहरु दुवैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निजी निवास बालकोटमा शुक्रबार एक कार्यक्रम गरेर पार्टीमा स्वागत गरेका छन् ।

उनीहरुलाई खादा लगाएर ओलीले पार्टीमा भित्र्याए ।

पछिल्लो समय मधेश प्रदेशबाट जनता समाजवादी र लोसपाका नेताहरु धमाधम एमालेमा प्रवेश गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077