Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौं–१ का मतदाताले गर्व गर्ने सांसद बनेर देखाउने रवीन्द्र मिश्रको प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष बनेका नेता रवीन्द्र मिश्रले गर्व गर्न सक्ने सांसद बनेर देखाउने बताएका छन् ।

विवेकशील साझा पार्टी त्यागेर राप्रपामा लागेका मिश्रले काठमाडौं क्षेत्र नम्बर १ का मतदाताले निशंकोच गर्व गर्न सक्ने सांसद बनेर देखाउने प्रतिवद्धता गरेका हुन् । उनले शुक्रबार मात्रै काठमाडौं क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

उनले भने, 'काठमाडौं क्षेत्र नं १ का मतदाताले निशंकोच गर्व गर्न सक्ने सांसद बनेर देखाउँछु । आज मेरो उम्मेदवारी घोषणा गर्दा काठमाडौं क्षेत्र नं १ का मतदाता सामू मैले गरेको प्रतिवद्धता ।’

काठमाडौं–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उम्मेदवार बन्ने चर्चा छ। ०७४ को निर्वाचनमा पनि यहाँ मिश्र र सिंहबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला मिश्र ८१९ मतको झिनो अन्तरले पराजित भएका थिए ।

उनले हलो चुनाव चिन्ह लिएर काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेका छन् ।

यी हुन् मिश्रका प्रतिवद्धता :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077