Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पुटिनद्वारा जापोरिजिया र खेरसन क्षेत्रको ‘स्वतन्त्रता’लाई मान्यता

एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी जापोरिजिया र खेर्सन क्षेत्रलाई ‘स्वतन्त्रता’लाई मान्यता दिएको घोषणा गरेका छन्।

यससम्बन्धी आदेशमा हस्ताक्षर गर्दै उनले जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएका हुन्।

उक्त आदेशपछि रूसले मस्कोमा एक समारोहको आयोजना गरी युक्रेनी भू–भाग कब्जा गर्ने औपचारिक घोषणा गर्ने अलजजिराले जनाएको छ। शुक्रबार क्रेमलिनमा आयोजित एक समारोहमा यी दुई क्षेत्रलाई डोनेट्स्क र लुहान्स्कका पृथकतावादी क्षेत्रसँगै रूसमा समावेश गर्न लागिएको हो।

अमेरिका र उसका युरोपेली सहयोगी राष्ट्रहरूको शब्दमा ‘यो एक छद्म जनमत सङ्ग्रह’ पछि आएको हो। रूसको आक्रमणपछि रूसी सेनाको कब्जामा रहेको क्षेत्रमा भएको जनमत सङ्ग्रहमा रूसले आफ्नो पक्षमा बहुमत प्राप्त गरेको जनाएको छ।

रूसले फेब्रुअरी महिनामा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो र सोही महिनामा डोनेट्स्क र लुहान्स्कको ‘स्वतन्त्रता’लाई मान्यता दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077