Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आसन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुन्छ : कमल थापा

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुने बताएका छन् ।

बागमती गाउँ पालिकाको फापरबारीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

विकसित ध्रुवीकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको उनको भनाइ छ ।

थापाले राष्ट्रलाई माया गर्ने र विदेशी चलखेलबाट देशलाई मुक्तकमल थापा पार्न चाहनेहरु जती आगामी चुनावमा एकजुट हुनुपर्नेमा जोड दिए ।

मुलुक कुशासनको दलदलमा भासिएको र भ्रष्टाचारको चक्रव्यूहमा फसेको भन्दै थापाले राष्ट्रबादी भावना नभएकाहरुले देशको स्वाभिमान जोगाउन नसक्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077