Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सामुदायिक भवन भत्काएपछि स्थानीयद्धारा बालेनको पुत्ला दहन

काठमाडौं । बांगेमुढाको सामुदायिक भवन भत्काएपछि स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को पुत्ला दहन गरेका छन्।

मंका खल, आदिवासी जनजाती संघ लगायत नेवा: समुदायसँग आबद्ध संघ संस्थाहरूले प्रदर्शन गरेका हुन‍्।

शुक्रबार काठमाडौं-२५ मा रहेको उक्त भवन भत्काएपछि शनिबार आन्दोलित स्थानीयले मेयर साहको पुत्ला दहन गरेका हुन्।

महानगरले २४ घण्टे अल्टिमेटम दिएर स्थानीयमाथि बल प्रयोग गरी भवन भत्काएपछि स्थानीय आक्रोशित बनेका थिए।

शनिबार नै नेवा: देय् दबूले विज्ञप्ति जारी गर्दै यस घटना निन्दनीय भएको बताएको छ। उनीहरूले रिस्टोर त्वा:छें भनेर अभियान समेत सञ्चालन गरेका छन‍्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077