Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्डोनेसियाको फुटबल खेलमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १७४ पुग्यो

एजेन्सी । इन्डोनेसियाको फुटबल खेलमा भएको भागदौडमा मृत्यु हुनेको संख्यो १७४ पुगेको छ । यो रंगशालामा भएको विश्वको सबैभन्दा खराब विपत्तिमध्ये एक भएको बीबीसीले उल्लेख गरेको छ ।

शनिबार राति खेलपछि मैदानमा आक्रमण गर्ने समर्थकहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिएको थियो । करिब १८० जना घाइते भएका थिए ।

पूर्वी जाभामा स्थानीय टोली अरेमा एफसी पर्सेबायासँग २–३ ले पराजित भएको थियो । इन्डोनेसियाका प्रमुख सुरक्षामन्त्री रंगशालाको ३८ हजार दर्शक क्षमताभन्दा चारहजार बढी दर्शक रहेको बताए ।

राष्ट्रपति जोको विडोडोले अनुसन्धान पूरा नभएसम्म इन्डोनेसियाको शीर्ष लिगका सबै खेल बन्द गर्न आदेश दिएका छन् ।

सन् १९६४ मा लिमामा पेरु–अर्जेन्टिना ओलम्पिक क्लालिफायरमा भागदौड हुँदा ३२० जनाको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी घाइते भएका थिए ।

सन् १९८५ मा बेल्जियमको ब्रसेल्सको हेसेल रंगशालामा लिभरपुल (इंग्ल्यान्ड) र युभेन्टस (इटली) बीचको युरोपियन कपको फाइनलमा भत्किएका पर्खालमा समर्थकहरू ठोक्किएर ३९ जनाको मृत्यु भएको थियो भने ६०० जना घाइते भएका थिए ।

यूकेमा शेफिल्डको हिल्सबरो रंगशालामा हुलदंगा हुँदा नटिङ्घम फरेस्टविरुद्ध एफए कप सेमिफाइनलमा लिभरपुलका ९७ जना समर्थकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077