Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रचण्डपुत्री गंगाले भनिन् - योग्य र सक्षम उम्मेदवार सम्भव छैन, अन्तरघात गर्न पाइदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रले गठबन्धनका कारण योग्य र सक्षम नेताहरू हुँदाहुँदै उम्मेदवार बन्न सम्भव नभएको जनाएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले गठबन्धनका कारण योग्य र सक्षम नेताहरू हुँदाहुँदै उम्मेदवार बन्न सम्भव नभएको स्वीकार गरेको हो ।

सचिवालय सदस्य समेत रेहकी प्रचण्डपुत्री गंगाले सामाजिक सञ्जालमार्फत प्रतिगमनलाई परास्त गर्न जित्नैपर्ने र गठबन्धनका दलहरूलाई समेत जिताउनुपर्ने अनिवार्यता भएको जिकिर गरेकी छन्। उनले घात प्रतिघात गर्ने छुट नभएको पनि उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘हामीलाई असन्तुष्टि या अन्य बहानामा निष्क्रिय बन्न या निर्वाचनमा घात प्रतिघात गर्ने छुट छैन । पार्टीले यिनै तथ्यलाई मनन गर्दै भए गरेका निर्णयहरूलाई सक्रियतासाथ पालना गर्नु हाम्रो ऐतिहासिक जिम्मेवारी पनि हो।’

समानुपातिक उम्मेदवारको बन्दसूचीको काम टुंगिएको र अब केही दिनमा सीट बाँडफाँटसँगै उम्मेदवारीको समेत टुंगो लाग्ने उनको दाबी छ।

शुद्धतावाद भन्दा सापेक्षतावादमा विश्वास राख्दै निर्वाचनको महाअभियानमा पार्टीको इतिहासलाई मनन गरेर सक्रियताका साथ माओवादीलाई पहिलो दल बनाउन उनले आग्रह पनि गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077