Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुस युक्रेन मामिलामा यूएन निरिह भयो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रुसले युक्रेनको भू-भाग अतिक्रमण गरेको भन्दै त्यसको विरोध गरेका छन्।

सामाजिक सञ्जाल मार्फत् नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेको भट्टराईले यस्तो बताएका हुन् ।

उनले कुनै सार्वभौम मुलुकको भू-भाग अर्को देशले कुनैपनि बहानामा र प्रायोजित जनमत संग्रह मार्फत अतिक्रमण गर्नु अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको बताए ।

यस्तै उनले रुस र युक्रेन प्रकरणमा युएन निरीह बन्नु पनि गम्भीर भएको उल्लेख गरेका छन्। उनले अरुलाई खाने बाघले आफूलाई पनि खाने भन्दै सचेत रहन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077