Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • उत्तर कोरियाद्वारा जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

    उत्तर कोरियाद्वारा जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 819
    SHARES

    एजेन्सी । उत्तर कोरियाले मंगलबार बिहान जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

    उत्तर कोरियाले जापानको केही भागमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।



    उत्तरी जापानमा ब्यालेस्टिक मिसाइल प्रहार भएपछि जापान सरकारले होक्काइडो टापुमा केही समय उडान तथा रेल सञ्चालन नगर्न आग्रह गरेको छ ।



    उत्तर कोरियाले मंगलबार मध्यम दूरीको क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि गरेको यो पहिलो मिसाइल प्रहार हो ।

    संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । मिसाइल जापानबाट झण्डै तीन हजार किलोमिटर (१८ सय ६० माइल) प्रशान्त महासागरमा खसेको थियो ।

    जापानी प्रधानमन्त्री फुमिओ किशिदाले उत्तर कोरियाली कार्यको कडा शब्द भर्त्सना गरेका छन् । उनले त्यस कार्यलाई ‘हिंस्रक’ कार्यको संज्ञा दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार