Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जब पानीमा रुझ्दै कांग्रेस नेता राहुल गान्धीले भाषण गरे

    जब पानीमा रुझ्दै कांग्रेस नेता राहुल गान्धीले भाषण गरे

    अनलाइन नेपाल
  • मंगलबार, १८ असोज २०७९
  • 948
    SHARES

    एजेन्सी । भारतमा अहिले पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको तस्वीर भाइरल भइरहेको छ । ‘भारत जोडो’ अभियानका क्रममा भारत दौडाहमा रहेका राहुल गान्धी आइताबार भारतको मन्सुर पुगेका थिए ।

    उनी मञ्चमा भाषण गर्न उक्लिएका मात्र के थिए पानी पर्न सुरु भयो । तर, उनले मेघको प्रवाह नगरी रुझ्दै भाषण गरे । पानी परेपछि भाषण सुन्न आएका मानिस तितरवितर हुन थाले ।



    ‘भारत जोडो’ अभियान अन्र्तगत भारतीय कांग्रेसले कन्याकुमारीदेखि कश्मीर यात्रा गरिरहेको छ । पानीमा रुझ्दै गान्धिले गरेको यो भाषणको निकै चर्चा भइरहेको छ । पानीमा रुझ्दै भाषण गर्ने राहुल गान्धी एक्ला भने होइनन् ।



    सन् २०१५ मा अरबिन्द भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि १५ मिनेट पानीमा रुझ्दै भाषण गरेका थिए । अमेरिकाका राष्ट्रपति जो बाईडेन र कमला हृयारिसले पनि दुई वर्ष अगाडि यसरी पानीमा रुझेर भाषण गरेका थिए ।

    बराक ओबामो सन् २०१२ को जुलाइमा पानीमा रुझ्दै भाषण गरेका थिए । डोनाल्ड ट्रम्पले २०१८ को नोभेम्बरमा र हिलारी क्लिनटरले नोभेम्बर २०१६ मा यसरी नै पानीमा निथ्रुक्क रुझेर भाषण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार