Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वअध्यक्ष लोहनीको नेतृत्वमा राप्रपा निर्देशन समिति गठन

काडमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको नेतृत्वमा केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधानको दफा ४१ बमोजिम गठन गरेको उक्त समितिले गर्ने कुनै पनि राजनीतिक निर्णयलाई पार्टीले अवलम्बन गरेको हो ।

पार्टीलाई आवश्यक समन्वय, निर्देशनका साथै सुझाव तथा सरसल्लाह उपलब्ध गराउने समितिले सङ्गठन विस्तार एवं सुदृढीकरणका लागि नीति निर्माण गर्ने सो समितिले पार्टीलाई सरकारमा पठाउने वा नपठाउने, राजनीतिक नियुक्तिको सिफारिस गर्नेलगायतका अधिकार राख्ने जिम्मेवारी प्राप्त गरेको छ ।

उक्त समितिका सदस्यमा पार्टीका केन्द्रीय अध्यक्ष, पूर्वकेन्द्रीय अध्यक्षहरु, केन्द्रीय पदाधिकारी, वरिष्ठ नेता, पूर्वकेन्द्रीय पदाधिकारीमध्येबाट ११ जना छनोट गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रको अध्ययन गरेका राजनीतिज्ञ लोहनी पञ्चायती व्यवस्थादेखि बौद्धिक नेताका रूपमा परिचित छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077