Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनतान्त्रिक तराई मुक्ति मोर्चा राप्रपामा समाहित

काठमाडौं । जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समाहित भएको छ ।  विभिन्न ९ बुँदे सहमति गरी डा.मनोज कुमार झा नेतृत्वमा रहेको मोर्चा राप्रपामा समाहित भएको हो ।

मोर्चासँगको सहमति पत्रमा राप्रपाको तर्फबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले हस्ताक्षर गरेका छन् ।

राप्रपा केन्द्रीय कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा उपाध्यक्ष तामाङसँगै कोषाध्यक्ष निलकण्ठ काफ्ले, केन्द्रीय सदस्य राम नारायण साह (सुनिल) सहभागी थिए ।

यसैगरी मोर्चाका तर्फबाट अध्यक्ष डा.झा, मोर्चाका केन्द्रीय सचिवालय सदस्य श्रीमती नगीना कुमारी झा, केन्द्रीय सदस्य बुलन यादव, दया शंकर राउत (सानु जी), बिना मण्डल, दीपक कुमार सिंह लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077