Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् ।

मौसम प्रतिकुल बनेपछि कैलास एयरको एक र सिम्रिक एयरको एक हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गर्नु परेको हो ।

मौसममा सुधार भएपछि दुवै हेलिकप्टर गन्तव्यतर्फ प्रस्थान गरेका छने ।

काठमाडौंमा बिहानैबाट ठूलो वर्षा भइरहेको छ । यसले नियमित हवाई उडान समेत प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077