Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारमा गठबन्धनको बैठक छाडेर यादव बालकोटमा

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बालकोट पुगेका छन् । सत्तारुढ गठबन्धनको बालुवाटारमा बिहीबार बसेको सत्तारुढ गठबन्धनको बैठक छाडेर यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले १६ सिटमात्रै दिने अडान लिएपछि यादव असन्तुष्ट बनेका छन् । उनले केही सातायता एमाले अध्यक्ष ओलीसँग संवाद अघि बढाएका थिए ।

यादव सकेसम्म आजै एमालेसँग चुनावी तालमेलमा सहमति गर्ने गरी बालकोट पुगेको स्रोतले बतायो । यदि एमाले र जसपाबीच चुनावी गठबन्धनमा सहमति भएमा दुई वर्षयता कायम सत्तारुढ गठबन्धन फुट्नेछ।

एमालेले सत्तारुढ गठबन्धन फुटाउने शर्तमा जसपालाई बढीमा २५ सिट दिएर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077