Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा लक्षित बाबुराम भट्टराईको व्यंग्य - दलबदल र कित्ता परिवर्तनले राजनीति थप पातालतिर धसिंदै गयो

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिलाई व्यापारमा झार्ने काम भएको टिप्पणी गरेका छन् ।

एक ट्वीट गर्दै डा. भट्टराईले चुनाव नजिकिंदै गर्दा राजनीति थप पातालतिर धसिंदै गएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् -'चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिँदै जानु अति दुःखद छ। एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै

त्यागेर र जनताको बलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो ! यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं!'

गठबन्धनको भागबण्डामा असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी एमालेसँग सहकार्यको तयारीमा जुटेपछि सत्ता गठबन्धन फुट निकट पुगेको हो ।

जसपा एमालेसँग सहकार्य गर्ने तयारीमा जुट्दै गर्दा सोही पार्टीका पूर्व अध्यक्ष भट्टराईले यस्तो व्यंग्य गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077