Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलाली र कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

कैलाली । पछिल्लो समय कञ्चनपुर, कैलालीको धेरै ठाउँमा ठूलो पानी परेको छ ।

यी क्षेत्रमा थप ठूलो वर्षाको सम्भावना रहेकाले खुटीया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत जिल्लाको साना खोलामा एक्कासी बाढी आउने चेतावनी दिइएको छ ।

यस्तै, होचा डुबान हुने ठाउँमा दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार बझाङ, बाजुरा, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर भई बहने साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077