Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कतार विश्वकप अन्तिम हुने मेसीको घोषणा

काठमाडौं । विश्वचर्चित फुटबल खेलाडी लियोनल मेसीले आगामी महिना कतारमा हुन लागेको सन् २०२२ को विश्वकप आफ्नो लागि अन्तिम हुने बताएका छन् ।

एक अन्तर्वार्तामा आफ्नो फुटबल भविष्यबारे पहिलोपटक बोल्दै मेसीले आगामी विश्वकप अन्तिम हुने बताएका हुन् ।

यद्यपि उनले फुटबलबाट सन्यास लिन्छन् कि लिंदैनन् भन्नेबारे भने खुलाएका छैनन् । कतार विश्वकप पछि अर्को विश्वकप चार वर्षपछि हुने छ । त्यो बेलासम्म मेसी ३९ वर्ष पुग्नेछन् ।

त्यसैले पनि उनले विश्वकप नखेल्ने भनेको हुनसक्ने अनुमान धेरैको छ । अहिलेसम्म आफूले शारीरिक रुपमा राम्रो महसुस गरिरहेको उनले बताएका छन् ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले लगातार ३५ म्याचमा जित हासिल गरेको छ । अर्जेन्टिनाले सन् २०२१ को कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिललाई समेत हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077