Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अटो रिक्साबाट २० किलो चरेससहित तीन जना पक्राउ

बारा । सशस्त्र प्रहरी गस्ती टोलीले अटो रिक्साबाट ठुलो मात्रामा लागूऔषध चरेस बरामद गरेको छ ।

सशस्त्र प्रहरी १२ नम्बर हेडक्वाटर मातहत बारा बेनौली सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको टोलीले आज बिहान पचरौता नगरपालिका ७ स्थित ना १ ह ६२३४ नम्बरको अटोबाट २० किलोग्राम लागु औषध चरेससहित तीन जनालाई पक्राउ परेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज नगवा टोलका ३० वर्षीय मुकेश श्रीवास्तब, वीरगन्ज छपकैयाका वर्ष १६ का मुस्तुफा देवान र अटो चालक बारा महागढिमाई नगरपालिका १ का वर्ष ३७ का मुस्ताज देवान रहेका छन् ।

बरामद चरेस र अटो सहित तिनै जनालाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरी लाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077