Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रमुख निर्वाचन आयुक्त थपलियाले भने -उम्मेदवारी मनोनयनका लागि दुई दिनको समय दिन सकिँदैन

    प्रमुख निर्वाचन आयुक्त थपलियाले भने -उम्मेदवारी मनोनयनका लागि दुई दिनको समय दिन सकिँदैन

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 651
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका लागि उम्मेदवारी मनोनयनमा दुई दिन समय दिन नसक्ने बताएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो बताएका हुन् ।

    थपलियाले स्थानीय तह निर्वाचनको मनोनयन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतिको बन्द सूची बुझाउँदा जस्तै दुई दिन समय दिन नसक्ने बताए ।



    प्राकृतिक विपत्ति आइपरे मतदानको काम स्थगित गर्न सकिने कानुनी व्यवस्था भएको तर निर्वाचन कार्यक्रम सार्ने व्यवस्था नभएको प्रमुख आयुक्त थपलियाले बताए ।



    उम्मेदवार आफैं जान नसके प्रतिनिधि वा वारेसमार्फत पनि मनोनयन दर्ता गराउन सकिने थपलियाले बताए । उनले भने, ‘उम्मेदवारी दर्ताका लागि उम्मेदवारको भौतिक आवश्यकता कानुनले तोक्दैन।’

    आयोगले आइतबार १० देखि ५ बजेसम्म देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्ध भइसकेको बताएको छ ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय असोज २३ गते आइतबारलाई तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार