Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • दल दर्ता खारेजको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैन : निर्वाचन आयुक्त थपलिया

    दल दर्ता खारेजको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैन : निर्वाचन आयुक्त थपलिया

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 513
    SHARES

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै व्यक्तिले अर्को दल खारेजीको लागि निवेदन दिने व्यवस्था संविधानमा नभएको बताएका छन् ।

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको लागि आयोगमा परेको निवेदनबारे उनले यस्तो बताएका हुन् । रास्वपाको दर्ता खारेजको माग गर्दै युवराज सफलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।



    प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘रास्वपाको दर्ता खारेजीको विषय छ । त्यसलाई हामीले कानूनबमोजिम टुंग्याउनुपर्दछ । राजनीतिक दलको दर्तासम्बन्धी ऐनको दफा १२ र १३ र नेपालको संविधानको धारा २७० तपाईंहरूले पनि हेर्नुस् । यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाऊँ भनेर निवेदन दिने अधिकार दिँदैन ।’



    उनले रास्वपा खारेजीको विषयमा परेको निवेदनको बेलैमा कानुन अनुसार अध्ययन गरेर निर्णय गर्ने बताए । राजनीतिक दल दर्ता सम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नदिएको समेत थपलियाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार