Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मन्त्रिपरिषद् बैठकले चुनावको मिति मंसिर ४ गते घोषणा गरे आश्चर्य नहुने आयुक्त थपलियाको भनाई

    मन्त्रिपरिषद् बैठकले चुनावको मिति मंसिर ४ गते घोषणा गरे आश्चर्य नहुने आयुक्त थपलियाको भनाई

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 966
    SHARES

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रिपरिषद बैठकले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा भए आश्चर्य नहुने बताएका छन् ।

    आयोगले मंसिर २ को मिति उपयुक्त हुने परामर्श दिएको थियो ।



    तर त्यो दिन शुक्रबार परेकाले दुई दिनपछि ४ मंसिर आइतबारमा गर्न सकिनेबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग आयोगका पदाधिकारीको छलफल भएको थियो ।



    स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘अबको मन्त्रिपरिषद् बैठकले मंसिर ४ को मिति घोषणा भए आश्चर्य हुने छैन ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार