Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुलमा कार बम विस्फोट

एजेन्सी । सन् २०१४ मा युक्रेनबाट आफ्नो भू–भागलाई गाभेको क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुलमा कारबम विस्फोट भएको मस्को अधिकारीले शनिबार जानकारी दिएका छन् ।

स्थानीय समयानुसार शनिबार बिहान ०६ बजे क्रिमियन पुलको सडक ट्राफिक छेउमा एक कारबम विस्फोट भएको र क्राइमियामा रेलमार्फत सात तेल ट्याङ्करमा आगो लगाइएको रूसी समाचार एजेन्सीले जनाएका छन् ।

रुसी सरकारी सञ्चारमाध्यमले इन्धन ट्याङ्कमा आगो सल्किएको कारण सबै आवतजावत बन्द गरिएको बताएका छन् । केर्च पुलमार्गलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ मा उद्घाटन गर्नुभएको थियो ।

सन् २०१४ मा क्राइमियालाई रुसले आफ्नो देशमा गाभेको हो । रुसले केर्च पुलबाट सैन्य सामग्री युक्रेनमा ओसारपसार गर्ने हुनाले त्यसलाई युक्रेनी फौजले निशाना बनाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077