Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकवानपुर-१ मा कमल थापालाई एमालेको समर्थन, सूर्य चिन्हबाट चुनाव लडाउने तयारी

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेले मकवानपुर–१ बाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सघाउने भएको छ ।

उक्त निर्वाचनमा अध्यक्ष थापालाई प्रतिनिधिसभा तर्फको मकवानपुर–१ मा एमालेको आधिकारिक उम्मेदवारका रूपमा ‘सूर्य’ चिन्हबाट लडाउने तय भएको हो ।

थापाले भोलि एमालेको समर्थनमा प्रतिनिधिसभाका लागि मकवानपुर–१ मा उम्मेदवारी दर्ता गर्नेछन् । यस अघि सो क्षेत्रमा एमालेले रामेश्वर रानालाई उम्मेदवार बनाउने गरी टिकट दिएको थियो ।

उक्त निर्णय सार्वजनिक भएसँगै राप्रपा नेपालका अध्यक्ष थापा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

बालकोटको छलफल पछि अध्यक्ष थापालाई एमालेले मकवानपुर–१ बाट प्रतिनिधिसभा तर्फको उम्मेदवारका लागि ‘सूर्य’ चिन्हबाट लड्ने गरी टिकट दिने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077