Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

युद्धकालका सहयात्री बाबुरामलाई लिएर गोरखा पुगे प्रचण्ड

गोरखा । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्।

गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्नका लागि अध्यक्ष प्रचण्ड पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्व सहकर्मी समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसहित गोरखा पुगेका हुन्।

अध्यक्ष प्रचण्डले चितवनमा सहज स्थिति नदेखेपछि गोरखा रोजेका हुन्। अघिल्लोपटक चितवन- ३ बाट निर्वाचित प्रचण्ड यसपालि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्दैछन् ।

प्रचण्ड युद्धकालका सहयात्री भट्टराईलाई लिएर गोरखा पुगेका हुन्। गोरखा २ मा अघिल्लोपटक डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भिड्दा भट्टराईले बाजी मारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077