Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेले कमल थापालाई उम्मेदवार बनाएपछि पार्टी कार्यालयमा तालाबन्दी

काठमाडौं । प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) नेपालका कमल थापालाई टिकट दिएको विरोधमा नेकपा एमालेका कार्यकर्ताले पार्टी कार्यालय मकवानपुरमा तालाबन्दी गरेका छन् ।

राप्रपाका अध्यक्ष  थापालाई साझा उम्मेदवार बनाएको भन्दै असन्तुष्ट कार्यकर्ताले हेटौंडा–५ पुष्पलाल पार्कनजिक एमाले पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

उनीहरूले थापालाई सहयोग गरेर केन्द्रियता हावी भएको र पार्टी कार्यकर्तामाथि अन्याय भएको आरोप नेतृत्वमाथि लगाएका छन् ।

थापाले मकवानपुर क्षेत्र नम्बर- १ बाट एमालेको चुनाव चिह्नबाट उम्मेदवार उठ्दै छन् । थापा यसअघिको निर्वाचनमा यसै क्षेत्रबाट एमालेका कृष्ण दाहालसँग पराजित भएका थिए ।

२ वटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा १ नम्बर क्षेत्रमा नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने

निर्णय गरेको भए तापनि शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077