Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्रोत नखुलेको २८ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ

पर्सा । स्रोत नखुलेको २८ लाख ५६ हजार भारतीय रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–७ घर भएका ४५ वर्षीया अनिता तामाङसहित ३ जना छन् ।

आरोपीहरुलाई शनिवार साँझ वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई नगदसहित थप अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बारा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077