Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे रुपन्देही-२ बाट उम्मेदवारी दर्ता

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

पौडेलले बुटवल उपमहानगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

रुपन्देही २ मा मतदान केन्द्र १३१, मतदानस्थल २३ वटा रहेका छ्न् । रुपन्देही २ क्षेत्रमा बुटवल उपमहानगरपालिकाका १३ वडा तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ वटा वडाहरु पर्छन् ।

यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छ्न् । यो क्षेत्रबाट पौडेलले ३ पटक निर्वाचन जितेका छ्न् ।

उनीसँगै प्रदेशसभा सदस्यका लागि पूर्वसांसद भोजप्रसाद श्रेष्ठ तथा लीला गिरीले उम्मेदारी दर्ता गराएका छन् । यो क्षेत्रमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीले टिकट पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077