Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

घुम्दै चुनाव लड्ने सायद म नै पहिलो व्यक्ति हुँ : प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखाबाट निर्वाचन लड्न पाउँदा गर्व लागेको बताएका छन् ।

आइतबार उमेदवारी दर्तापछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले परिचित ठाउँ र परिचित जनताकोबीचमा आउँदा खुसी लागेको बताएका हुन् ।

उनले यसपटकको निर्वाचनमा गोरखा आएपछि थप नयाँ रेकर्ड कायम भएको बताए ।

उनले भने, ‘यसरी देशको पूर्व पश्चिम मधेश पहाड घुम्दै चुनाव लड्ने नेपालको इतिहासमा सायद म नै पहिलो भएको छु भन्ने लागेको छ, अब गोरखा आएपछि नयाँ रेकर्ड बन्यो जस्तो लाग्छ ।’

गोरखा आफ्नो लागि चिरपरिचित ठाउँ भएकाले पनि गोरखामा चुनाव लड्न पाउँदा आफू निकै खुशी भएको उनले बताए ।

गठबन्धनबाट निर्वाचनमा गएको बताउँदै उनले गोरखाबाट आर्थिक समृद्धिका लागी नयाँ रोडम्याप बनाउन सुरु गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077