Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले छाडेर रौतहटमा साहले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता प्रभु साहले पार्टीको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीले रौतहट क्षेत्र नम्बर–३ कै टिकट दिए पनि त्यसलाई त्यागेर उनले त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

जसपाबाट एमालेमा आएका किरण साह, लोसपाबाट आएका अजय गुप्ता र कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको नेता साहले बताए ।

उनले टिकट दिने वाचापछि पार्टीमा भित्राएको भए पनि पार्टीले टिकट नदिएको उनको भनाइ छ । जनता समाजवादी पार्टी (जसपा)सँग एमालेले चुनावी तालमेल गरेपछि आफूले पार्टी परित्याग गरेको उनले बताए।

साहको समूहले जसपालाई दिइएको १६ वटै निर्वाचन क्षेत्रमा आइतबार स्वतन्त्र उम्मेदवारी समेत दिएको उनले जानकारी दिए । २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमै बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077