Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंहको निधन

    उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंहको निधन

    अनलाइन नेपाल
  • सोमबार, २४ असोज २०७९
  • 720
    SHARES

    एजेन्सी । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको सोमबार गुरुग्राममा निधन भएको छ ।

    यादवको उपचारकै क्रममा उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।



    उनको एक हप्तादेखि हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो ।



    पिसाब संक्रमण, रक्तचाप र सास फेर्न समस्या भएपछि उनलाई एक साता अघि अस्पताल लगिएको थियो ।

    सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका उनले ३ पटक प्रदेशको नेतृत्व गरेका थिए । यस्तै उनी संघीय सरकारमा रक्षामन्त्रीसमेत बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार