Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पहिरोमा परेर मुगुमा ५ जनाको मृत्यु, ११ जना बेपत्ता

मुगु । अविरल वर्षाका कारण आएको पहिरोमा परेर मुगुमा ५ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

जिल्लाको छाँयानाथ रारा गनरपालिका–११ को सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता र ५ जनाको मृत्यु भएको हो ।

उद्दारका लागी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

उक्त स्थानमा मोबाइल नेटवर्कको समस्याका कारण क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीले जनाएको छ। बेपत्ता भएकाहरूको स्थानीयले खोजी गरिराखेका बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077