Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुपन्देही- ५ मा एमाले उम्मेदवार घिमिरेलाई आधिकारिकता, दोहोरो उम्मेदवारी परेपछि खिमलाल अलपत्र

बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेकपा एमालेको तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।

घिमिरेले एमालेको पत्रबाट खिमलाल भट्टराईले भन्दा पहिला मनोनयन दर्ता गराएको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले घिमिरेलाई मान्यता दिएको हो ।

आइतबार रूपन्देही–५ मा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ मा प्रष्ट रुपमा उल्लेख गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिला घिमिरेलाई टिकट दिए पनि पछि राष्ट्रिय सभा सदस्य रहेका भट्टराईलाई टिकट दिएका थिए । भट्टराई ओलीको निर्देशनमा राष्ट्रियसभा सदस्य पदबाट राजीनामा दिएर अन्तिम सयममा प्रतिनिधि सभा सदस्य पदमा रुपन्देही ५ बाट उम्मेदवार बनेका थिए ।

एउटै क्षेत्रमा एकै पार्टीबाट दोहोरो उम्मेदवारी परेपछि निर्वाचन आयोगले सोमबार गरेको छानविनका क्रममा घिमिरेको उम्मेदवारी कायम गर्दै भट्टराईको रद्ध गरेपछि भट्टराईले राष्ट्रियसभा सदस्य पद गुमाउनुका साथै प्रतिनिधिसभाको उम्मेदवार बन्नबाट समेत वञ्चित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077