Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कम्मरको पेटीमा लुकाई राखेको ९ लाख नक्कली नोटसहित ३ जना पक्राउ

बारा । बारामा ९ लाख नक्कली नेपाली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरीका कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सिमावर्ती क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा चेकजाँच गर्दा ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोतिहारी पूर्व चम्पारण ग्राम पोष्ट पिप्राकोठी बस्ने २५ वर्षिय रञ्जितकुमार मुखिया, सिम्रौनगढ नगरपालिका २ बस्ने बिनाका मुखिया बिन र कलैया उपमहानगर १५ बस्ने सैनुल्लाह अन्सारी रहेका छन् ।

रञ्जितकुमारले कम्मरको पेटीमा १ लाख र उनी चढेको भारतीय नम्बरको मोटरसाइकलमा ८ लाख रुपैयाँ लुकाई राखेको अवस्थामा प्रहरीले प्रकाउ गरेको थियो । पक्राउ परेका बिनाका बिन मुखिया र अन्सारी भने १ वर्ष अघि नक्कली नोट कारोबारमा छुटेको बारा प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077