Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खिमलाल भट्टराईले राष्ट्रिय सभा सदस्यबाट दिएको राजीनामा स्वीकृत

काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले राष्ट्रिय सभा सदस्य पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

संसद् सचिवालयले भट्टराईको राजीनामा स्वीकृत भएको र उनको पद खाली भएको सूचना मंगलवार प्रकाशित गरेको हो।

भट्टराईले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका थिए । तर,उनको उम्मेदवारी पार्टीको तर्फबाट कायम हुन सकेन ।

उनले रुपन्देही ५ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका थिए । उक्त क्षेत्रबाट त्यसअघि नै एमालेका तर्फबाट बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका थिए ।

रुपन्देही ५ बाट एमालेका दुई जना उम्मेदवारी परेपछि निर्वाचन आयोगले बासुदेव घिमिरेलाई एमालेको आधिकारिक उम्मेदवारको मान्यता दिएको थियो । उनी राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077