Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बालिका बलात्कारको आरोपमा ३५ वर्षीय सुनार पक्राउ

भक्तपुर । ११ वर्षकी बालिका जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले भक्तपुरमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई काठमाडौं बौद्ध बस्ने ३५ वर्षका रामबहादुर सुनार हरेका छन् ।

सोमबार राति सूर्यबिनायक नगरपालिका-२ मा बालिकाको डेरामा पुगी जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।

नुवाकोट नै घर भएकी बालिका आफ्ना अभिभावकसँग बालकोटमा डेरमा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ परेका सुनारलाई प्रहरी वृत्त थिमीमा राखी अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077