Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रभु साह भन्छन् - एमालेले जसपासँग चुनावी गठबन्धन गरेर मलाई धोका दियो

काठमाडौं । एमालेले स्थायी कमिटी सदस्य प्रभु साहले प्रभु साहले आफू नेकपा एमालेमा नरहेको बताएका छन्।

रौतहट -३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका साहले आफूले स्वतन्त्र उम्मेदवारी दिएसँगै एमालेमा नरहेको दावी गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य रहेका नेता शाहले एमालेले जसपासँग तालमेल गरेकोले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

एमालेले शाहलाई टिकट दिए पनि अन्तिम समयमा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका थिए।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूसँग रहेका साथीहरूलाई टिकट नदिएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएको उनले बताए ।

एमालेले जसपासँग चुनावी गठबन्धन गरेर अनैतिक काम गरेको नेता शाहले आरोप लगाए ।साहले रौतहटबाट तीन पटक निर्वाचन जितेका थिए।तत्कालीन नेकपाबाट एमाले र माओवादी केन्द्र अलग हुँदा साहले एमाले रोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077