Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसीद्धारा भ्रष्टाचार आरोपमा छायाकरलाई १४ वर्षको प्रतिबन्ध

एजेन्सी । क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले १४ वर्षको प्रतिबन्ध लगाएको छ ।

उनलाई आईसीसीको भ्रष्टाचार विरोधी न्यायाधीकरणले आईसीसी र क्यानडा क्रिकेटका सातवटा नियम उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको हो ।

त्यसपछि उनलाई १४ वर्षका लागि सबै ढाँचाका क्रिकेट खेल्न प्रतिबन्ध लगाइएको छ ।

युनाइटेड अरब इमिरेट्सका खेलाडी छायाकरले अप्रिल २०१९ मा जिम्बाब्वेविरुद्ध युएई सिरिज र २०१९ मा क्यानडामा भएको जीटी-२० म्याचमा नियम उल्लङ्घन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077