Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • फेसबुककै संस्थापक मार्क जुकर्बकको फलोअर घटेर १० हजारभन्दा कम !

    फेसबुककै संस्थापक मार्क जुकर्बकको फलोअर घटेर १० हजारभन्दा कम !

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 924
    SHARES

    काठमाडौं । फेसबुकको एक बग (सुरक्षा कमजोरी) का कारण रातारात लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर गायब भएका छन् । बुधबार बिहानबाट चर्चित प्रयोगकर्ताका फलोअरको सङ्ख्या एकाएक घट्न थालेका हुन् ।

    फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गकै फलोअर ११ करोड ९० लाखबाट घटेर रातारात ९,९९५ मा सीमित भएका छन् । त्यस्तै अन्य प्रयोगकर्ताको फेसबुक प्रोफाइलबाट पनि लाखौँको सङ्ख्यामा रहेका फलोअर घटेर ९ हजारको हाराहारीमा खुम्चिन थालेका छ ।



    फेसबुक पेजको फलोअरको सङ्ख्यामा भने त्यस्तो समस्या देखिएको छैन । यसबारे सामाजिक सञ्जाल ट्वीटरमा थुप्रै प्रयोगकर्ताले आफ्नो फलोअर गुमेको गुनासो पोखेका छन् ।



    यसको वास्तविक कारण के हो भन्ने कुरा हालसम्म आधिकारिक तवरमा बाहिर आइसकेको भने छैन । तर यसबारे फेसबुकको अभिभावक कम्पनी मेटाले पनि हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

    फेसबुकले यसअघि फेक अकाउन्ट डिलिट गर्ने अभियान सुरु गरेको थियो । त्यसरी फेक अकाउन्ट डिलिट गर्दा लाखौँ फलोअर्स भएका पेजबाट केही हजार फलोअर्स घट्नु स्वभाविक भएको फेसबुकले नै बताएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार