Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अर्को हप्तादेखि फेसबुकको नाम फेरिने

    अर्को हप्तादेखि फेसबुकको नाम फेरिने

    अनलाइन नेपाल
  • बिहिबार, ४ कार्तिक २०७८
  • 4.1K
    SHARES

    काठमाडौं । विश्व चर्चित सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने तयारी गरेको छ ।

    आगामी अक्टोबर २८ मा आफ्नो वार्षिक कनेक्ट कन्फ्रेन्समा फेसबुकका सिइओ मार्क जुकरबर्गले आफ्नो कर्पोरेट नाम परिवर्तन गर्ने तयारी गरेको बताइएको छ ।



    त्यो सँगै फेसबुक कम्पनीले आफ्ना सोसल नेटवर्किङ प्लाटफर्महरु र अग्मेन्टेड रियालिटी तथा मेटाभर्स लगायतका प्रोजेक्टहरुको बीचमा विभाजनको रेखा खिच्ने बुझिएको छ ।



    पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले सुलसुलेको रुपमा अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ ।

    यसअघि आफ्नो कम्पनी नाम परिवर्तन गर्ने क्रममा गुगलले सन् २०१५ मै मातृ कम्पनीको रुपमा अल्फाबेट खडा गरी सोही मातहत रहेको छ । त्यस्तै स्नापच्याटले सन् २०१६ मा आफुलाई स्नाप इंकको रुपमा रिब्राण्ड गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार