Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ११ हजार कर्मचारी कटौती गरेपछि जुकरबर्गले मागे माफी

    ११ हजार कर्मचारी कटौती गरेपछि जुकरबर्गले मागे माफी

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 696
    SHARES

    न्युयोर्क । फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ ।

    मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन् । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताएका छन् ।



    ‘मलाई थाहा छ यो सबैका लागि कठिन छ । म विशेष गरी प्रभावित भएकाहरूप्रति माफी चाहन्छु,’ प्रमुख कार्यकारी जुकरवर्गले एक विज्ञप्तिमा लेखेका छन् ।



    जुकरबर्गले महामारीको समयमा फर्मको राजस्वमा भएको बृद्धिको आधारमा बृद्धिको लागि ठूलो दीर्घकालीन अपेक्षाहरूलाई दोष दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार