Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोवा नजिकै भारतीय नौसेनाको लडाकु विमान दुर्घटना

एजेन्सी । भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् ।

नौसेनाले समुद्रमाथि दुर्घटनाग्रस्त विमानको पाइलटलाई सुरक्षित रुपमा बचाउन सकिएको छ । यो विमान उडान पछि आफ्नो आधारमा फर्किरहेको थियो ।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको कारण प्राविधिक गडबडी रहेको बताइएको छ । नौसेनाले बोर्ड अफ इन्क्वायरीलाई आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077